मंगलवार, मंसिर २८ २०७८११:४४:५८
बुटवल ,
रुपन्देहीको सालझण्डीमा आँखा सिविर सम्पन्न भएको छ ।
मंगलबार रुपन्देहीको सैनामैना वडा नम्बर दश सालझण्डी आँखा उपचार केन्द्रमा बुटवल लायन्स आँखा अस्पताल र लायन्स क्लब सैनामैनाको संयुक्त आयोजना तथा सेभा फाउन्डेसनको आर्थिक सहयोगमा निशुल्क आँखा सिविर भएको हो ।
सैनामैना लायन्स क्लबका अध्यक्षको अध्यक्षतामा भएको आँखा सिविरमा २१० जना विरामीको आँखा परिक्षण गरिएकोमा ५५ जनामा मोतियाविन्दु देखिएका विरामीको निशुल्क शल्यक्रियाको लागी बुटवलको लायन्स आँखा अस्पतालमा लगिने अस्पतालका प्राविधिक महिमा श्रेष्ठले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology