शुक्रवार, मंसिर २४ २०७८०२:४३:५२
बुटवल,
रुपन्देहीको ओमसतिया गांउपालिकामा आँखा सिविर सम्पन्न भएको छ ।
बिहिबार रुपन्देहीको ओमसतिया गांउपालिका े वडा नम्बर छको नरेनापुरमा बुटवल लायन्स आँखा अस्पताल , ओमसतिया गाउंपालिका वडा नम्बर छ तथा सोसल ग्रिन प्लान्ट स्कुलको आयोजना र डाक फाउन्डेशन पार्टनरस फर इक्रिटीको आर्थिक सहयोगमा सिविर सम्पन्न भएको हो ।
सिविरमा १३४ जना बिरामीको परिक्षण गरिएकोमा ३६ जनामा मोतियाविन्दु फेला परेकोलाई निशुल्क शल्यक्रियाका लागी बुटवलको लायन्स आँखा अस्पतालमा लगिने अस्पतालका नेत्र सहायक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
आँखा सिविर कार्यक्रम सोसल ग्रिन प्लान्ट स्कुलका अध्यक्ष रवि केवटको अध्यक्षततामा भएको थियो ।
बुटवल लायन्स आँखा अस्पतालले विभिन्न ठाउमा सिविर आयोजना गरिरहेको बुटवल लायन्स आँखा अस्पतालका े मनोज न्यौपाने बताउनु भयो ।
-------
आँखा सिविर कार्यक्रम सोसल ग्रिन प्लान्ट स्कुलका अध्यक्ष रवि केवटको