मंगलवार, कार्तिक ३० २०७८०३:५४:२०
रुपन्देहीको गैडहवा ,
सुत्केरी महिलाहरुको लागी एक दिने पोषण तथा स्वास्थ्य शिक्षा तालिम सम्पन्न भएको छ ।
रुपन्देहीको गैडहवा गाउंंपालिका वडा नम्वर तीनको आर्थिक सहयोग र नमस्ते बाल बचाउ नेपाल संस्थाको ब्यवस्थापनमा सोमबार कार्यक्रम भएको थियो ।
एक लाख बराबरको एक क्यारेट अण्डा लगायत पोषणयुक्त खानेकुरा ४० जना सुत्केरी महिलाहरुलाई वितरण गरिएको थियो ।
संस्थाका संयोजक जगन्नाथ बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउंंपालिकाका अध्यक्ष बछुलाल केवट,उपाध्यक्ष सुभावती यादव, वडा नम्वर तीनका वडा अध्यक्ष राम अजारे यादव, वडा सदस्य चनरजित गुत्ता, वडा सदस्य किस्मती पासी,वडा सचिव ज्ञानु प्रसाद न्यौपाने,प्रशिक्षक जीवन भुसाल,सहप्रशिक्षक सरस्वती बस्यालले स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष केवटले स्वास्थ्य सम्बन्धी प्रशिक्षण र आर्थिक सहयोगले सुत्केरी महिलाहरुको जीवनस्तरमा सहयोग पुग्ने हुदां हरेकले सहयोगी भूमिका खेल्न आग्रह गर्नुभयो ।
नमस्ते बाल बचाउ नेपाल संस्थाले बालबालिका तथा महिलाका क्षेत्रमा काम गदै आएको संस्थाका संयोजक जगन्नाथ बस्यालकले बताए ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology