Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बुटवलमा भाषा, साहित्य, कला,संस्कृति प्रतिष्ठान : विद्वत सभाको पहिलो बैठक सम्पन्न

बुटवलमा भाषा, साहित्य, कला,संस्कृति प्रतिष्ठान : विद्वत सभाको पहिलो बैठक सम्पन्न


  • 14.5K
    SHARES

  • बुटवलमा भाषा, साहित्य, कला,संस्कृति प्रतिष्ठान : विद्वत सभाको पहिलो बैठक  सम्पन्न

    बुटवल,

    बुटवल उपमहानगरपालिकामा गठित भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान अन्तर्गतको विद्वत् सभाको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।

    विद्वत् सभाको पहिलो बैठकले बिधानअनुसार नै थप ५ जना मनोनयन गरि विद्वत सभामा ५१ जना पुर्याएको हो ।  बिद्वत सभाका नयाँ सदस्यहरुमा जंगबहादुर शाह,दिल शाहनी,देबेन्द्र घिमिरे,सीता थकाली र सुमित्रा राना रहेका छन् ।
    सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका प्रमुख संरक्षक शिबराज सुबेदीले प्रतिष्ठानले बुटवलको पहिचान स्थापित गर्ने र कला संस्कृतिको बिकास ,संरक्षण र संबद्र्धन गर्नेमा बिश्वस्त रहेको बताउनुभयो ।

    उहाले सभाको बैठकमा  उठेका सवालहरु पुसमा बस्ने नगरसभामा पेश हुने र आवश्यक परिमार्जन गर्न सकिने बताउनुभयो ।  

    सो अबसरमा उपप्रमुख तथा संरक्षक गोमा आचार्यले बिकासको मोडल बुटवलबाट शुरु भएको भन्दै भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानुन बनाएर गठन भएको यो मुलुककै पहिलो प्रतिष्ठान भएको बताउनुभयो ।

    प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता तथा बिद्वत परिषद सदस्य इन्दिरा अर्यालको संचालनमा भएको कार्यक्रममा प्रतिष्ठानका सचिब दलबहादुर गुरुङले प्रतिष्ठानको ऐन,तथा कार्ययोजनाका बारेमा सहजीकरण गर्नुभएको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी,भाषा साहित्य तथा अनुसन्धान बिभागका प्रमुख सहप्राध्यापक डा.शालिकराम पौड्याल लगायतले प्रतिष्ठानलाई कार्ययोजना बनाएर प्रभावकारी बनाइने बताउनुभयो ।

    सभाको बैठकले आगामी १० महिने कार्ययोजना सुझाव सहित पास गरेको छ । सभामा सहप्राध्यापक डा.बाबुराम ज्ञवाली,शान्तराम गिरि,पुरुषोत्तम पाण्डे, यमबहादुर थापा,डा.सागर न्याैपाने,माधव गौतम लगायतले सुझाव दिएका थिए । प्रतिष्ठानको बिद्वत परिषद १३ सदस्यीय रहेको छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार