Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

नयाँ सत्ता समीकरणको गृहकार्य सुरु, माओवादी केन्द्र को आज स्थायी कमिटी बैठक

नयाँ सत्ता समीकरणको गृहकार्य सुरु, माओवादी केन्द्र को आज स्थायी कमिटी बैठक


  • 1.6K
    SHARES

  • नयाँ सत्ता समीकरणको गृहकार्य सुरु, माओवादी केन्द्र को आज स्थायी कमिटी बैठक

    काठमाण्डाै - नयाँ सत्ता समीकरणको गृहकार्य सुरु भएको छ ।

    नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको हो ।

    कांग्रेसले सरकार बनाउनेबारे निर्णय गरेको भोलिपल्टदेखि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र जसपाका नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

    । यस्तै माओवादी केन्द्रले आज नयाँ सत्ता समीकरणबारे जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।

     

    माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताउँदै आएको छ । यस्तै माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थालाई लिएर आज स्थायी कमिटी बैठक बोलाएको छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार