शनिवार, चैत्र २१ २०७७१०:४६:५९
कपिलवस्तु —माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारबारे घनीभूत छलफल सुरु भएको बताएका छन् ।
कपिलवस्तुको तौलिहवामा शनिबार आयोजित पार्टी जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनका लागि नयाँ परिस्थिति बनेको जानकारी दिए ।
‘सम्भवत: छिट्टै नयाँ सरकार बन्छ,’ उनले भने ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग धेरै नटाँसिन आग्रह गर्दै दाहालले आफूहरूसँग नयाँ सरकारमा जान आग्रह गरे ।
‘।कांग्रेसले शुक्रबार प्रधानमन्त्री ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल गर्ने निर्णय गरेको छ । आफू प्रधानमन्त्री हुनु/नहुनु ठूलो कुरा नभएको उल्लेख गर्दै उनले नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको खुलासा गरे ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology