Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नेपाल–खनाल पक्षद्वारा दुई महिने अभियानको घोषणा,

नेपाल–खनाल पक्षद्वारा दुई महिने अभियानको घोषणा,


  • 2.0K
    SHARES

  • नेपाल–खनाल पक्षद्वारा दुई महिने अभियानको घोषणा,

    काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले देशव्यापी दुई महिने अभियानको घोषणा गरेको छ ।

    काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको नेपाल–खनाल समूहको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सर्वोच्चको फैसला अनुसार २०७५ सालको जेठ २ गतेअघिकै अवस्थामा फर्काउन नचाहेकोले अभियान घोषणा गर्नुपरेको जनाएको छ ।

    बैठकले नवौँ महाधिवेशन र त्यसपछिका बैठकले तय गरेका विभिन्न कमिटी र संगठन ब्युँताउने निर्णय गरेको छ ।  यस्तै चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामा आएका सुझावलाई अवधारणा पत्रका रुपमा तयार पारिएको र यसलाई प्रकाशन गरेर प्रशिक्षण सामग्रीका रुपमा प्रयोग गरिने नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

    केपी शर्मा ओलीले एमालेलाई फुटतर्फ लगेकाले त्यसलाई जोगाउन दुई महिने अभियान सुरु गरिएको पनि उहाँले बताउनुभयो । छिन्नभिन्न भएको पार्टीलाई दुई महिनाको अवधिमा एक बनाउने, संगठन निर्माण र परिचालनमा जोड दिने लगायतका क्रियाकलाप हुने पनि नेता भट्टराईले बताउनुभयो

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार