Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

नबुझ्नेले प्रतिगमन भयो भनेर जनतालाई अलमल्याएको प्रधानमन्त्री ओलीको टिप्पणी

नबुझ्नेले प्रतिगमन भयो भनेर जनतालाई अलमल्याएको प्रधानमन्त्री ओलीको टिप्पणी


  • 4.1K
    SHARES

  • नबुझ्नेले प्रतिगमन भयो भनेर जनतालाई अलमल्याएको  प्रधानमन्त्री  ओलीको  टिप्पणी

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको परिभाषा नबुझ्नेले प्रतिगमन भयो भनेर जनतालाई अलमल्याएको टिप्पणी गरे

     शुक्रबार काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण कार्यक्रम उद्घाटनपछि ओलीले जनताको चेतनालाई केहीले प्रतिगमन भयो भन्दै स्याल हुइयाँ मच्चाएको आरोप लगाएका छन् ।

     

     ओलीले कसैका व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संघीयता, गणतन्त्र खतरामा रहेको अभिव्यक्ति दिने गरेको बताए । ‘

    प्रधानमन्त्री ओलीले संसद्‌ पुनःस्थापना भएपछि पनि केही नेताको तानातानले काम अघि बढ्न नसकेको बताए ।

    ‘संसद्‌ पुनःस्थापना त भयो । न काम अगाडि बढाउन सक्छ, न केही गर्न सक्छ,’ उनले भने, ‘त्यस्तो स्थितिमा संसद् तानातानको थलो भएको छ । संसद् केही बलिया हुँ भन्नेहरुको तानातानको थलो बनाउन हुँदैन ।’

    प्रमुख प्रतिपक्षी दल कांग्रेससहितका नेताहरुले सरकारले संसद्‌लाई विजनेस नदिएर बदला लिन खोजेको बताएका थिए ।
     
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार