शुक्रवार, मंसिर ४ २०८३०१:१७:३३
काठमाडौँ ,
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण मन्त्रिपरिषद्को भ्रमण स्वीकृत भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ६ र ७ गते हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो। बैठकले भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमल्सिनाले प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको जानकारी दिए।।उनले दुई देशबीचको सम्बन्ध सुधार र राष्ट्रहितका विषयमा महत्त्वपूर्ण छलफल हुने अपेक्षा गरेको बताए ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएका हुन्।
सचिव राईका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्। सचिव राईका अनुसार प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ।
चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने २० लाख अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर।काजानकारी दिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट र्यापिड क्रेडिट फेसिलिटीअन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ।
यस्तै राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड २०८३ तथा राष्ट्रिय झोलुङ्गे पुल नीति २०८३ पनि स्वीकृत गरेको छ।