Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग स्थानीय निर्वाचनका विषयमा छलफल गर्ने

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग स्थानीय निर्वाचनका विषयमा छलफल गर्ने


  • 205
    SHARES

  • निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग   स्थानीय निर्वाचनका विषयमा  छलफल गर्ने

    काठमाडौं,

    निर्वाचन आयोगले आज विभिन्न राजनीतिक दलहरूसँग स्थानीय तहको  निर्वाचनका विषयमा छलफल गर्ने भएको छ ।

    निर्वाचन आयोग स्थानीय तहको चुनावको  तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको हो ।

    आयोगले आजै विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोगले छलफलका लागि आमन्त्रण गरेको छ ।

    आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरूलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरूलाई छलफलमा बोलाइएको जानकारी दिए ।

    प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उनीहरूलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

    राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ ।

    त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।निर्वाचनको मिति तथा व्यवस्थापन र आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझाव लिन छलफल गर्न लागिएको आयोगले जनाएको छ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार