Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी  प्रधानमन्त्री शाहले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी  प्रधानमन्त्री शाहले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता 


  • 565
    SHARES

  • संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी  प्रधानमन्त्री शाहले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता 

    काठमाडौं ,

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरूसँग  भेटवार्ता  गरेका छन् ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्।

    भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री अल्बानिजले विपद्को यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा उभिएको स्पष्ट पारेका छन्। 

    बाढीमा परी केही अस्ट्रेलियाली नागरिकसमेत बेपत्ता भएको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री अल्बानिजले उनीहरूका परिवार र आफन्तजनप्रति आफ्नो ध्यान केन्द्रित रहेको उल्लेख गरेका छन्।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार