Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

संयुक्त राष्ट्रसंघको ‘जनरल डिबेट’ आजदेखि न्युयोर्कमा शुरू हुँदै,विश्वका १९३ वटा सदस्य राष्ट्रका नेताहरू सहभागी हुने

संयुक्त राष्ट्रसंघको ‘जनरल डिबेट’ आजदेखि न्युयोर्कमा शुरू हुँदै,विश्वका १९३ वटा सदस्य राष्ट्रका नेताहरू सहभागी हुने


  • 1.1K
    SHARES

  • संयुक्त राष्ट्रसंघको ‘जनरल डिबेट’ आजदेखि न्युयोर्कमा शुरू हुँदै,विश्वका १९३ वटा सदस्य राष्ट्रका नेताहरू सहभागी हुने

    काठमाडौं,

    संयुक्त राष्ट्रसंघको ‘जनरल डिबेट’ आजदेखि न्युयोर्कमा शुरू हुँदैछ।

    आगामी सेप्टेम्बर २८ सम्म चल्ने उच्चस्तरीय बैठकमा विश्वका १९३ वटा सदस्य राष्ट्रका नेताहरू तथा वरिष्ठ प्रतिनिधिहरू सहभागी हुनेछन्।

    संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरू रहेका छन् र महासभामा प्रत्येक देशको एक बराबर मत हुन्छ। हरेक वर्ष सेप्टेम्बर महिनामा यी देशका नेताहरू वा उच्च प्रतिनिधिहरू न्युयोर्कस्थित मुख्यालयमा जम्मा हुन्छन् र विश्व समुदायसामु आ-आफ्ना देशका समस्या, प्राथमिकता र समसामयिक मुद्दाहरूमाथि भाषण दिन्छन्। यसै प्रक्रियालाई ‘जनरल डिबेट’ भनिन्छ।

    यद्यपि, यसलाई प्रत्यक्ष वादविवादको रूपमा नभई प्रत्येक राष्ट्रलाई संयुक्त राष्ट्रसंघको मञ्चबाट आफ्नो धारणा राख्ने औपचारिक अवसरको रूपमा लिइन्छ।

    यसबाहेक, यसै साताको अवसर पारेर विभिन्न देशका नेताहरूले द्विपक्षीय तथा बहुपक्षीय बैठकमार्फत व्यापार, सुरक्षा, कूटनीति र युद्धजस्ता गम्भीर विषयहरूमा छलफल गर्छन्। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार