Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै


  • 433
    SHARES

  • कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

    काठमाडौं ,

    नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार  शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको थियो ।

    बाँकी ३१ जिल्लामा आज वडा अधिवेशन हुनेछ ।

    भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने परिस्थिति अनुसार वडा अधिवेशनको नयाँ मिति तय गरिने छ।

    शनिबार सम्पन्न वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि समेत चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

    आज बाँकी ३१ जिल्लामा वडा अधिवेशनमार्फत वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि समेत चयन गरिने छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार