Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम

संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम


  • 793
    SHARES

  • संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम

    काठमाडौं,

     नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।

    २०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको ‘नेपालको संविधान’ जारी भएको थियो।

    सोही दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ।दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

    3ggga2ff.jpg

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार