Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस

भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस


  • 469
    SHARES

  • भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस

      काठमाडौं ,

    सरकारले भारत, चीन र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चिरन थापालाई सिफारिस गरेको हो ।

    मन्त्रिपरिषद्ले भारत, चीन र अमेरिकासहित १३ वटा देशका राजदूतहरू नियुक्ति गरेको हो । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।

    अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ ।

    संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाउने छ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार