Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रदेश र स्थानीय तहलाई दिएको अधिकार प्रत्यायोजन गर्न संघीय सरकारलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण

प्रदेश र स्थानीय तहलाई दिएको अधिकार प्रत्यायोजन गर्न संघीय सरकारलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण


  • 361
    SHARES

  • प्रदेश र स्थानीय तहलाई दिएको अधिकार प्रत्यायोजन गर्न संघीय सरकारलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री  आचार्यको ध्यानाकर्षण

    दाङ, 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार आयोजित सरसफाई कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले संविधानबाट प्राप्त गर्नुपर्ने सबै अधिकार अझै पूर्णरूपमा प्रत्यायोजन नभएको उल्लेख गर्दै बाँकी अधिकार हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    संविधानले दिएका अधिकारहरु अहिले पनि प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन । संविधानले निर्दिष्ट गरेका अधिकारहरु प्रदेश र स्थानीय तहमा दिन संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’उहाँले भन्नुभयो–‘संवैधानिक अधिकार कार्यान्वयन गर्न जरुरी छ ।’ संविधानले निर्दिष्ट गरेका अधिकारको प्रभावकारी कार्यान्वयनबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र पूर्णरूपमा कार्यान्वयनमा आउने उहाँको भनाइ थियो ।

    ‘संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ’उहाँले भन्नुभयो । उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाका लागि योगदान तथा बलिदान गर्नेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।

    प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेअनुसार प्रशासनिक परिसरमा सरसफाई अभियान सञ्चालन गरिएको हो । 

    कार्यक्रममा प्रमुख सचिव विनोद बहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाई तथा संरक्षणको काम अघि बढाइएको बताउनुभयो ।

    सरसफाईपछि परिसरमा फलफूलका विरुवा रोप्ने र तिनको संरक्षणलाई समेत अभियानकै रूपमा अघि बढाइने प्रमुख सचिव कुँवरले बताउनुभयो । 

    मूल्यांकनका आधारमा उत्कृष्ट काम गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

    2lu1ff.jpg

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार