शनिवार, भाद्र २७ २०८३११:०७:३४
काठमाडौं ,
एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालले बिहीबार भएको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भएको थियो ।
युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । फाइनलको विजेताले आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि उपाधि भिडन्त महत्वपूर्ण रहेको छ ।