Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

कतारमा जारी क्रिकेट प्रतियोगितामा नेपालले आज  भारतको सामना गर्दै

कतारमा जारी क्रिकेट प्रतियोगितामा नेपालले आज  भारतको सामना गर्दै


  • 877
    SHARES

  • कतारमा जारी  क्रिकेट प्रतियोगितामा नेपालले आज  भारतको सामना गर्दै

    काठमाडौं,

     कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज  भारत ‘ए’ को सामना गर्दैछ।

    समूह ‘बी’अन्तर्गतको यो खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

    सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रन लागेको नेपाली टोलीका लागि प्रतियोगिताको सुरुआत नै कठिन चुनौतीका रूपमा देखिएको छ।

    नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता बलिया टोली छन्। शुक्रबार नै बिहान ११ः४५ बजे समूह ‘बी’ को पहिलो खेलमा पाकिस्तान ‘ए’ र यूएई भिड्दैछन्।

    नेपाली टोलीमा कप्तान सन्दीप र प्रतिशसँगै कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम र मयन यादव रहेका छन्।

    तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनुभव बटुलेका खेलाडीको बाहुल्यता छ।

    समूह चरणमा नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। 

    आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन्। सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

    प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार