Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

फुटबलका  महान् खेलाडी लियोनेल मेसीद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

फुटबलका  महान् खेलाडी लियोनेल मेसीद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा


  • 1.6K
    SHARES

  • फुटबलका  महान् खेलाडी लियोनेल मेसीद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

    फुटबलका  महान् खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।

    नेपाली समयअनुसार सोमबार साँझ उनले २२ वर्षे लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको घोषणा गरेका हुन् ।अर्जेन्टिनाको जर्सीमा उनको यो यात्रा ऐतिहासिक रह्यो, जसमा एउटा विश्वकप उपाधि पनि समावेश छ। विश्वकपको सबैभन्दा ठूलो मञ्चमा उनले छोडेको विरासत यो खेलले देखेको अहिलेसम्मकै सबैभन्दा अद्भुत कथा हो।

    ६ वटा विश्वकपमा उनले अर्जेन्टिनालाई पाँच पटक क्वार्टरफाइनल वा त्यसभन्दा माथि पुर्‍याएका छन् भने तीन पटक त उनी फाइनलमै पुगे। विश्वकप इतिहासमै सबैभन्दा धेरै ३४ खेल खेल्ने कीर्तिमान उनको नाममा छ। 

    यी खेलहरूमा उनले २१ गोल गरेका छन्, जुन इतिहासकै दोस्रो सर्वाधिक गोल हो । फ्रान्सका किलियन एम्बाप्पे २२ गोलसहित उनीभन्दा अगाडि छन्। यसबाहेक उनले १२ वटा असिस्ट पनि गरेका छन् जुन सन् १९६६ यताकै सर्वाधिक हो। 

    नकआउट चरणमा १७ गोल योगदान र लगातार ११ खेलमा गोल वा असिस्ट गर्ने उनको कीर्तिमान सायदै कसैले तोड्न सक्ला।

    यो वर्ष (२०२६) को विश्वकपमा ३९ वर्षीय मेसीले सानदार प्रदर्शन गर्दै आठ गोल गरे। तर, स्पेनविरुद्धको फाइनलमा अर्जेन्टिना १-० ले पराजित भयो। १२० मिनेटसम्म एउटै पनि सट टार्गेटमा हान्न नसकेको अर्जेन्टिनाका लागि यो खेल फुटबलभन्दा बढी तनावपूर्ण लडाइँ बन्यो। 
    स्पेनले ट्रफी उचाल्दा अर्जेन्टिनाका खेलाडीहरू निराशा र आक्रोशमा थिए  तर, त्यहाँ आफ्नो सम्मान र शालीनता जोगाउने एक मात्र खेलाडी थिए, कप्तान मेसी। आँखामा आँसु बोकेर उनले हरेक स्पेनी खेलाडीसँग हात मिलाए र आफ्नो महानता पुनः प्रमाणित गरे।

    आफ्नो इन्स्टाग्राममा एउटा हस्तलिखित पत्र सार्वजनिक गर्दै उनले भावुक बिदाइ लिएका छन्। उनले लेखेका छन्, 'समय सकिँदैछ, एउटा चरण पूरा हुँदैछ। यो निकै पीडादायी छ।' हालै मात्र आफ्ना बुवा जर्जलाई गुमाएका मेसीले यो कठिन तर सुन्दर यात्रामा साथ दिने आफ्नो परिवारलाई धन्यवाद दिएका छन्। उनले राष्ट्रिय टोलीलाई आफ्नो सबै कुरा दिएको र अब नयाँ पुस्ताका खेलाडीहरूको पालो आएको स्पष्ट पारेका छन्। यद्यपि, उनले इन्टर मियामीबाट भने क्लब फुटबल खेलिरहनेछन्।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार