Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरद्धारा पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरद्धारा पद तथा गोपनीयताको शपथ


  • 2.1K
    SHARES

  • बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरद्धारा पद तथा गोपनीयताको शपथ

    हेटौँडा,

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 
         
    उनी नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

     

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार