Namaste Lumbini

बिहिवार, मंसिर १० २०८३Nov 26 2026

रास्वपा सभापति रविले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

रास्वपा सभापति रविले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय


  • 565
    SHARES

  • रास्वपा  सभापति रविले आह्वान गरेको सर्वदलीय  बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

    काठमाडौं,

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ ।

    सुनसरीलगायत स्थानमा शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

    बैठकमा दलका नेताहरूले संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका थिए । 

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सुनसरी लगायत क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा छलफल भएको जानकारी दिए ।  उनले भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको विषयमा दलका नेताहरूले चासो प्रकट गरेको बताए ।

    नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार संवेदनशील बन्न नसकेको बताए । संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए। 

    यसैगरी, कांग्रेस सभापति गगन थापाले सरकार केवल गोली, लाठी र स्टाटसमा मात्रै सीमित हुन नहुने बताए। उनले संकटमा सरकारको भूमिका प्रभावकारी नभएको बताए । 

    शान्ति र सद्भाव कायम गर्न सामूहिक रूपमा अपिल गर्नुपर्नेमा उनले जोड दिए । सभापति थापाले जिल्ला स्तरमा समेत सर्वदलीय बैठक गरेर संयुक्त आह्वान गर्नुपर्ने प्रस्ताव राखेको बताए।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक संवेदनशीलता र परिस्थितिको गाम्भीर्यता बुझ्न सरकारलाई आग्रह गरे ।

    अध्यक्ष लिङ्देनले तराई–मधेशमा हिन्दु धर्मावलम्बीहरूका चाडपर्व र उत्सवका समयमा शृङ्खलाबद्ध रूपमा हिंसात्मक गतिविधि भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे ।

     

     

     
     
     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार