Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोलीले नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोलीले नामिबियासँग खेल्दै


  • 1.4K
    SHARES

  • आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टोलीले नामिबियासँग खेल्दै

    काठमाडौं ,

    आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।

    यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो।

    नेपालले सिरिजको दोस्रो खेल साउन ७ गते बिहीबार आयोजक नेदरल्यान्ड्ससँग खेल्नेछ। त्यसपछि नेपालले साउन ११ गते नामिबिया र १३ गते पुन: नेदरल्यान्ड्सँग खेल्नेछ।

    पाँचौँ स्थानमा रहेको नेपालले २८ खेलबाट २४ अङ्क बनाएको छ । समान खेलबाट ३२ अङ्क बनाएको नेदरल्यान्ड्स तेस्रो र २२ अङ्क बनाएको नामिबिया सातौँ स्थानमा छ।

    शीर्षस्थानमा रहेको अमेरिकाको ३२ खेलबाट ४३ अङ्क छ । यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ३२ खेलबाट ३८ अङ्क छ । चौथो स्थानमा रहेको ओमानको ३२ खेलबाट ३१, नेपालपछिअ छैटौँ स्थानमा रहेको क्यानडाको ३२ खेलबाट २४ र २४ खेलबाट १४ अङ्क बनाएको युएई तालिकाको आठौँ एवं अन्तिममा छ। 


    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार