शनिवार, श्रावण २ २०८३०२:५१:४९
काठमाडौं ,
फिफा विश्वकपको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ ।
खेल आइतबार बिहान २ः४५ मा अमेरिकाको मियामी गार्डेन्समा सुरु हुनेछ ।सेमिफाइनलमा फ्रान्सले स्पेन र इंग्ल्यान्डले अर्जेन्टिनासँग पराजय व्यहोरेका थिए ।
हाल एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले समान आठ गोल गरेका छन् ।
दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँका रूपमा हुनेछ ।
फ्रान्स सन् १९८६ पछि पहिलोपटक तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छ ।
त्यसपछि पाँच सेमिफाइनल खेलेको टोली दुईपटक च्याम्पियन र दुईपटक उपविजेता बनेको छ ।
सन् १९९८ र २०१८ च्याम्पियन फ्रान्स २००६ र २०२२ मा उपविजेता बनेको थियो ।
यता, इंग्ल्यान्ड सन् २०१८ पछि तेस्रो स्थानका लागि भिड्दै छ । सन् २०१८ मा बेल्जियमसँग पराजित भएपछि इंग्ल्यान्ड चौथो स्थानमै सीमीत बनेको थियो ।सन् १९६६ को च्याम्पियन इंग्ल्यान्ड त्यसपछि विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology