Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

फिफा विश्वकपमा आज राति इङ्गल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदै

फिफा विश्वकपमा आज राति इङ्गल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदै


  • 865
    SHARES

  • फिफा विश्वकपमा आज राति इङ्गल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदै

    काठमाडौं,

     

     

     

    काठमाडौं ,

    फिफा विश्वकपमा आज राति इङ्गल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ।

    सेमिफाइनलको दोस्रो खेलमा आज राति यी दुई टोलीबीच भिडन्त हुन लागेको हो।

    फुटबलमा प्रतिद्वन्द्विता मात्र होइन, यी दुईबिचको खेलमा राजनीतिक इतिहास पनि मिसिएको छ। सन् १९६२ पछि विश्वकपमा यी दुई टिमबिचको प्रतिस्पर्धामा इङ्गल्यान्डले तीन खेल जितेको छ तर विश्व फुटबलमा चर्चा भने इङ्गल्यान्डले हारेका दुई खेलको हुने गर्दछ।

    सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा डिएगो म्याराडोनाको आलोचकीय 'ह्यान्ड अफ गड' र शताब्दीकै उत्कृष्ट गोलको सहयोगमा अर्जेन्टिनाले इङ्गल्यान्डलाई हराएको थियो।

    सो समय अर्जेन्टिनाले यस जितलाई फकल्यान्ड युद्धमा ब्रिटिससँग हारेको बदलाका रूपमा पनि लिएको थियो। १२ वर्षपछि यी दुई टिमबिचको खेल सो समयका सुपर स्टार इङ्गल्यान्डका डेभिड बेकहामका लागि चुनौती बन्यो।

    अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने प्रयास गर्दै छ। यदि उसले इङ्गल्यान्डविरुद्ध जित प्राप्त गरेमा अर्जेन्टिनाले पछिल्ला चार विश्वकपमध्ये तीनमा फाइनल खेलेको गौरव हासिल गर्ने छ। 

    इङ्गल्यान्ड भने सन् १९६६ मा विश्वकप जितेको गौरवलाई दोहोर्‍याउने अभियानमा छ। सो विश्वकप इङ्गल्यान्डको अहिलेसम्मकै एक मात्र प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार