Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

  एसीसी महिला यू-१९ प्रिमियर कपमा नेपाल क्वाटरफाइनलमा प्रवेश

  एसीसी महिला यू-१९ प्रिमियर कपमा नेपाल क्वाटरफाइनलमा प्रवेश


  • 913
    SHARES

  •   एसीसी महिला यू-१९ प्रिमियर कपमा नेपाल  क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं,

      एसीसी महिला यू-१९ प्रिमियर कपमा नेपाल लगातार तेस्रो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

    मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा आज भएको तेस्रो खेलमा नेपालले  हङकङमाथि १८१ रनको ऐतिहासिक र फराकिलो जित दर्ता गरेको हो। कप्तान सोनी पाख्रिनको सानदार ९० रन र जादुमयी ४ विकेटको मद्दतले नेपालले हङकङलाई पूर्ण रूपमा दबाबमा राख्दै एकपक्षीय जित निकालेको हो।

    पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २११ रनको विशाल योगफल खडा गरेको थियो। नेपालका लागि कप्तान सोनी पाख्रिनले कप्तानी इनिङ्स खेल्दै मात्र ६० बलमा १३ चौका र १ छक्काको मद्दतले उत्कृष्ट ९० रन बनाइन्।

    पहिलो विकेट सस्तैमा गुमाए पनि सोनीले साबित्री धामीसँग मिलेर दोस्रो विकेटका लागि १३६ रनको बलियो साझेदारी गरेकी थिइन्। साबित्रीले ३६ बलमा ६ चौका प्रहार गर्दै ५२ रनको अर्धशतकीय योगदान दिइन्। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार