शुक्रवार, आषाढ २६ २०८३०१:५२:१७
काठमाडौं ,
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेन र बेल्जियम आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ लस एन्जलसमा आमनेसामने हुँदैछन् ।
यी दुई टोलीबिचको खेल राति पौने एक बजेबाट सुरु हुनेछ ।
राउन्ड अफ ३२ मा अष्ट्रियालाई ३–० को सहज जित निकालेको स्पेनले राउन्ड अफ १६ मा पोर्चुगलमाथि १–० को कठिन जित दर्ता गरेको थियो ।
त्यसपछि अन्तिम ३२ को खेलमा सेनेगलविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अतिरिक्त समयमा ३–२ को जित दर्ता गर्यो ।
सेनेगलविरुद्ध २–० ले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । त्यसलगत्तै मंगलबार भएको अन्तिम १६ को खेलमा बेल्जियमले सह–आयोजक अमेरिकालाई ४–१ को फराकिलो अन्तरले पाखा लगायो ।