शुक्रवार, आषाढ २६ २०८३१०:२८:२५
काठमाडौं ,
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसुची छ ।
कानुन मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यस्तै .युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धी र श्रम निरीक्षण सम्बन्धी महासन्धीका बुँदाहरु छलफल र अनुमोदनका लागि प्रस्तुत गर्नुहुने संसद सचिवायले जनाएको छ।
राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे बस्नेछ। बैठकमा महिला, बालबालिका, लैगिंक तथा यौनिक अल्पसंख्यक र समाजिक सुरक्षामन्त्री सिता वादी र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसंग मौखि प्रश्नउत्तोर गर्ने कार्यसुची छ।
राष्ट्रिय समावेशी आयोगको वर्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology