बिहिवार, आषाढ २५ २०८३१०:५४:३१
काठमाडौं,
प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।
आज बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागिएको संसद सचिवालयले जनाएको छ।
बैठकले प्रस्तावित उम्मेदवारको सुनुवाइ प्रक्रिया अगाडि बढाउने र आवश्यक कार्यतालिका तय गर्ने समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन्।
१९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदका लागि राजीब सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरिएको थियो।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ। सुनुवाइका क्रममा उम्मेदवारको योग्यता, अनुभव र कार्ययोजनाबारे समितिले छलफल गर्नेछ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology