मंगलवार, आषाढ २३ २०८३०५:४५:०८
काठमाडौं ,
फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति साविक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन् ।
यो खेल राति ९:४५ बजे अमेरिकाको एटलान्टा रङ्गशालामा शुरू हुनेछ ।
नकआउट चरणमा अर्जेन्टिनाले केब भर्डेलाई ३–२ र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी शुटआउटमा ४–२ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् ।
अर्जेन्टिना समूह ‘जे’ को विजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।
अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन् ।
दुवै टोलीले अन्तिम ३२ मा संघर्षपूर्ण जित निकालेका थिए । राउण्ड अफ ३२ मा अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई ३-२ ले पराजित गर्दै अघि बढेको दक्षिण अमेरिकि जायन्ट अर्जेन्टिनाले अन्तिम १६ मा अर्को अफ्रिकी टिमसँग खेल्न लागेको हो ।
इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल जितेको थियो ।
विश्वकप फुटबलको अन्तिम प्रि–क्वाटरफाइनलमा भोलि बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बिया खेल्दैछन् । यो खेल क्यानडाको बीसी प्लेस भ्यानकुभर रङ्गशालामा हुनेछ ।