Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

इङ्ग्ल्यान्ड मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश

इङ्ग्ल्यान्ड मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश


  • 841
    SHARES

  • इङ्ग्ल्यान्ड मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं ,

    इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    इङ्ग्ल्यान्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

    मेक्सिको अज्टेका स्टेडियममा  सम्पन्न खेलमा इङ्ग्ल्यान्डले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

    इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे ।

    मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे ।

    इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए ।

    इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार