शनिवार, आषाढ २० २०८३१२:३३:२६
काठमाडौं ,
फिफा विश्वकप २०२६ मा राउण्ड अफ ३२ को खेलहरु सकिए पछि आज राती देखि नै अन्तिम १६ अर्थात प्रि क्वाटर फाइनलका खेलहरु सुरु हुनेछन् ।
अन्तिम १६ को पहिलो खेलमा सहआयोजक क्यानडाले चार वर्षअघि सेमिफाइनल पुगेको मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ ।
सन् २०२२ मा कतारमा भएको विश्वकपमा सेमिफाइनल पुगेर सनसनी मच्याएको अफ्रिकन जायन्ट्स मोरक्को र घरेलु मैदानमा पहिलो पटक विश्वकप आयोजना गर्दै नकआउट सम्म पुग्दै खेल नै जितेर इतिहास बनाएको क्यानडाबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ ।
यो खेल नेपाली समय अनुसार आज राती पौने ११ बजे अमेरिकाको ह्युस्टन स्टेडियममा सुरु हुनेछ ।
पहिलो पटक नकआउट चरणमा पुगेको क्यानडाले राउण्ड अफ ३२ मा अफ्रिकन टोली दक्षिण अफ्रिकालाई नै १-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
यस्तै मोरक्कोले भने राउण्ड अफ ३२ मा तीन पटक विश्वकप उपविजेता बनेको युरोपियन टोली नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।