Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण


  • 973
    SHARES

  • रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको  शपथ ग्रहण

    काठमाडौं ,

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराएका हुन् । 

    चितवनमा भएको पहिलो महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए । 

    त्यस्तै, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए ।  १९ मध्ये वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुनेछन् । ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ । 

    शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरे ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार