Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

विश्वकपमा आज जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

विश्वकपमा आज जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने


  • 2.0K
    SHARES

  • विश्वकपमा आज  जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने

    काठमाडौं ,

     विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आज चार पटकको विजता जर्मनीले नवप्रवेशी कुराकाओको सामना गर्ने छ। 

    यी दुईबीच आज राति  १०:४५ बजे अमेरिकाका हस्टनमा खेल्ने छन। 

    सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणमै बिदा भएकाले पनि जर्मनी यस पटक पहिलो खेलमै सतर्क भएर खेल्ने छ । 

    कुराकाओ विश्वकपमा खेल्ने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्रका रूपमा इतिहास रच्दै छ।  कुराकाओ विश्वकपमा चयन हुने अहिलेसम्मकै सबभन्दा सानो राष्ट्र हो। कुराकाओको क्षेत्रफल मात्र १७१ वर्ग माइल र जनसङ्ख्या करिब एक लाख ५६ हजार रहेको छ। 

    नवप्रवेशी कुराकाओका लागि दाबेदार जर्मनीसँगको पहिलो खेल विश्वकपमा गजबको परिचय हुन सक्छ।

    यसअघि कुराकाओ लामो समय नेदरल्यान्ड्सको औपनिवेशिक राष्ट्र थियो ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार