शनिवार, जेठ ३० २०८३१०:१२:३२
काठमाडौं,
विश्वकप फुटबलमा आज एसियाली राष्ट्र कतारले युरोपेली देश स्वीजरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
विश्वकप फुटबलको इतिहासमा दोस्रो संस्करणदेखि नै सहभागी हुँदै आएको स्वीजरल्याण्ड सामू अघिल्लो २२औँ संस्करणको सफलतापूर्वक आयोजना गरेको कतारले आज राति १२:४५ बजे मध्यरातमा अमेरिकाको सान फ्रान्सिस्को रंगशालामा चुनौती पेश गर्दैछ।
सन् १९३४ को दोस्रो र १९३८ को तेस्रो विश्वकपमा क्बार्टरफाइनलमा पुगेको स्वीजरल्याण्डका लागि जारी विश्वकप १२औँ सहभागिता छ भने कतारका लागी यो लगातार दोस्रो विश्वकप यात्रा हो।
स्वीजरल्याण्डले सन् २००६ देखिका सबै विश्वकपमा लगातार भाग लिइरहेको छ।
सन् १९५४ मा आफ्नै भूमिमा भएको विश्वकपमा तेस्रो पटक क्बार्टरफाइनलमा पुगेपछि त्यसपछिका विश्वकपमा अन्तिम १६ भन्दामाथि स्वीजरल्याण्ड जान सकेको छैन।
आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ।
अमेरिकाको लस एन्जल स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो।