Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने नवनियुक्त गृहमन्त्री सुधन गुरुङ

राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने नवनियुक्त गृहमन्त्री सुधन गुरुङ


  • 457
    SHARES

  • राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने नवनियुक्त गृहमन्त्री सुधन गुरुङ

    काठमाडौँ ,

     नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय गरेका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएसँगै मंगलबार साँझ गृह मन्त्रालयमा पदबहाली गर्दै  मन्त्री गुरुङले २०५८ जेठ १९ गते नारायणहिटी राजदबारमा भएको हत्याकाण्डको थप छानबिन अघि बढाउने निर्णय गरेका हुन्।

    उनले जेन-जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेका मुद्दा फिर्ता गर्न सकिने नसकिनेबारे छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय पनि गरेका छन्।

    यस्तै गृह मन्त्रालय र सुरक्षा निकायमा हुने सुचना चुहावट रोक्न विशेष संयन्त्र निर्माण गर्ने निर्णय पनि उनले गरे।

    गृहमन्त्री गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेका छन्।

    यसमार्फत् अब ठूला फाइल खोल्ने घोषणा उनले गरेका छन्। 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार