Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित

क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित


  • 313
    SHARES

  • क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरि थापा निर्वाचित

    बुटवल ,

      क्रिकेट संघ रुपन्देहीको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन् ।

    संघको सोमबार राति सम्पन्न पाँचौं अधिवेशनबाट ६९ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी  क्रिकेटर शक्ति गौचनले ४९ मत प्राप्त गरे ।

    दोस्रो कार्यकालका लागि अध्यक्षमा थापा  निर्वाचित  हुन् ।  चार वर्षअघि भएको निर्वाचनमा पनि गौचन थापासँगै पराजित भएका थिए ।

     उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।

    निर्वाचन प्रमुख कूलमणि ज्ञवालीका अनुसार संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेस प्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएका हुन् । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार