Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि नेपालले जित्यो

एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि नेपालले जित्यो


  • 1.1K
    SHARES

  • एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि नेपालले जित्यो

    काठमाडौं 

    नेपालले एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि जितेको छ।

    फाइनलमा नेपालले हङकङलाई १९ रनले ( डीएलएस ) मेथडमा पराजित गर्दै उपाधि जितेको हो। 

    सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा  हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।

    नेपालका लागि कुशल भुर्तेल ६५को योगदान दिँदा आसिफ शेख शून्यमा आएट भए।  रोहित पौडेल ३५ र कप्तान दीपेन्द्रसिंह ऐरीले ९ रनमा अविजित रहे।

     

    नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् । 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार