सोमवार, जेठ २५ २०८३११:००:२९
काठमाडौं,
एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले आज (सोमबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यी दुईबीचको खेल मध्याह्न १२:१५ बजे शुरू हुनेछ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
नेपालले समूह चरणमा चीनलाई २२१ रन तथा मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म १४ पटक भेट भएको छ। जसमा नेपालले ७ खेल जितेको छ भने हङकङले ५ खेल आफ्नो पक्षमा पारेको छ।