सोमवार, जेठ २५ २०८३१०:५२:२१
काठमाडौं ,
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टीका दुई÷दुई जना सहभागी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्ति लगायत विषयलाई लिएर विपक्षी दलहरुले निरन्तर रुपमा संसद बैठक अवरोध गर्दै आएको बेला सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सहभागी छन् ।
यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेत्री शाहजान खातुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली बैठकमा सहभागी भएका छन् ।
संसदमा सत्तापक्ष–प्रतिपक्ष बिच आरोप–प्रत्यारोप चल्दा बैठक प्रभावित हुदै आएको छ । जसका कारण बजेट माथिको छलफल सुरु हुन सकेको छैन्।
सर्वदलीय बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमण लगायत समसामयिक राजनीतिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी समेत दिने उद्देश्य रहेको बताइएको छ।
Copyright © All right reserved to Namaste Lumbini Site By: SobizTrend Technology