Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित

रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित


  • 1.2K
    SHARES

  • रास्वपा रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित

    बुटवल,

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

    आइतबार तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भएका हुन् ।

    उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गरेका थिए ।

    यस्तै, उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी भएका छन् । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गरेका थिए ।

    सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गरे ।

    सहसचिवमा बाबुराम अर्याल दुई सय ७९ मतसहित विजयी भए भने प्रतिस्पर्धी प्रेमनारायण तिवारीले एक सय ४८ मत प्राप्त गरे ।

    25rsp1fff.jpg

    कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन् ।

    निर्वाचन समितिका अनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेन नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेन नं ३ मा छविलाल शर्मा, क्षेन नं ४ मा विश्वनाथ शर्मा र क्षेन नं ५ मा शेषकान्त गैरे (समिर) विजयी भएका छन् ।

    25raspfff.jpg

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार