Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश

नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश


  • 841
    SHARES

  • नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश

    काठमाडौं ,

    ओमानविरुद्व आठ विकेटको सहज जित निकाल्दै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल प्रवेश गरेको छ ।

    आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा ओमानले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले ९.२  ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

    नेपालका लोकश बमले अविजित ४४ रनको इनिङ खेले । उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे । रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले २० रन बनाए । तेस्रो विकेटका निम्ति लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गरे ।

    त्यसअघि, टस जितेर ब्याटिङ रोजेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।

    नेपालले अब उपाधिका निम्ति प्रतिस्पर्धा गर्नेछ । 

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार