सोमवार, जेठ ११ २०८३०७:५५:४९
काठमाडौँ ,
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले सोमबार उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।
देउवा दम्पतीलाई पक्राउ पुर्जी जारी गर्दा कानूनी व्यवस्थाले निर्दिष्ट गरे बमोजिमको विधि र ढाँचा अवलम्बन नगरेको भन्दै पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्र रहेको सर्वोच्चको भनाइ छ। काठमाडौँ जिल्ला अदालतबाट चैत २४ गते जारी भएको पक्राउ पुर्जी स्वत: निष्क्रिय भएको सर्वोच्चको आदेशमा बताइएको छ।
देउवा दम्पती उपचारका लागि भन्दै हाल विदेशमा छन्।