Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

श्रम संस्कृति पार्टीद्वारा पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी,सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

श्रम संस्कृति पार्टीद्वारा पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी,सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई


  • 1.3K
    SHARES

  • श्रम संस्कृति पार्टीद्वारा  पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी,सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

    काठमाडौं 

    श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।

    बैठक सुरु भएलगत्तै पार्टीका सांसदहरूले हातमा पर्चा लिएर विरोध प्रदर्शन गरेका हुन् ।

    सांसदहरूले बैठक कक्षमै नारासहितका पर्चा प्रदर्शन गर्दै त्यसमा लेखिएका नारासमेत पढेर सुनाएका थिए ।

    विरोधका कारण केहीबेर सदनको वातावरण तनावग्रस्त बनेको थियो ।

    त्यसक्रममा सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा कायम गर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

    उनले संसद नियमावलीको नियम ३० बमोजिम आफ्ना गतिविधि र व्यवहार सच्याउन चेतावनी समेत दिएका छन् ।

    यता,

     श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउँदै आफ्नो पार्टीको विरोध कार्यक्रम निरन्तर जारी रहने बताएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू अनुपस्थित रहने प्रवृत्तिप्रति आपत्ति जनाए ।

    raihff.jpg

    संसद् जनताको आवाज र प्रश्न उठाउने थलो भएकाले सरकार त्यसप्रति अनिवार्य रूपमा उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो सांसद राईले सदन सञ्चालन भएको सातौँ दिनसम्म पनि आफ्नो पार्टीले पर्चा र पम्प्लेटसहित निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै सरकार जिम्मेवार नबन्दासम्म आन्दोलन नरोकिने चेतावनी दिए ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार