Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

ओमान विरुद्धको खेलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

ओमान विरुद्धको खेलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने


  • 1.3K
    SHARES

  • ओमान विरुद्धको खेलमा नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

     काठमाडौं ,

    लिग २ क्रिकेट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेको छ ।

    कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

    नेपालले आगामी सातादेखि लिग २ का शीर्ष २ टोली अमेरिका र स्कटल्यान्डसँग खेल्नेछ र त्यसका लागि जारी शृंखलाको लय महत्त्वपूर्ण हुनेछ ।

    लिग २ अंकतालिकामा हाल ओमान २७ खेलमा ३१ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ भने नेपालले २३ खेलमा १६ अंक जोडेर सातौं स्थानमा छ । अर्को टोली यूएईको २४ खेलमा १४ अंक छ ।

    यही शृंखलामा यसअघि भएको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । नेपालले यूएईसँगको दुवै खेल जितिसकेको छ । अब ओमानलाई पनि हराएर नेपाल शृंखलामा तेस्रो जितको खोजीमा हुनेछ ।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार