Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

आइपिएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्ने

आइपिएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्ने


  • 829
    SHARES

  • आइपिएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्ने

    काठमाडौं,

    इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन्।

    पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सको सामना गर्दैछ। 

    बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने यस खेलमा साविक विजेता बेंगलुरु पञ्जाब किंग्सलाई उछिन्दै लिगको शीर्ष स्थानमा उक्लने दाउमा छ।

    यस्तै,

     दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सको सामना गर्नेछ। हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुने यस खेलमा आयोजक टोली उच्च मनोबलका साथ मैदान उत्रनेछ।

    हैदराबादले आफ्नो अघिल्लो खेलमा राजस्थानमाथि ५७ रनको फराकिलो जित निकालेको थियो।

    हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको थियो। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार