शुक्रवार, बैशाख ४ २०८३०१:५९:१९
काठमाडौँ ,
आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो। टी- २०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्।
सन्तोष यादव र हेमन्त धामी पनि टी- २० आई टोलीमा स्थान बनाएका छन्। क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ।