Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

उपसभामुख पदका लागि  आज मनोनयन दर्ता हुँदै,भोलि निर्वाचन हुने

उपसभामुख पदका लागि  आज मनोनयन दर्ता हुँदै,भोलि निर्वाचन हुने


  • 817
    SHARES

  • उपसभामुख पदका लागि  आज मनोनयन दर्ता हुँदै,भोलि निर्वाचन  हुने

     काठमाडौं ,

    उपसभामुख पदका लागि  आज मनोनयन दर्ता हुँदै छ ।

    संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय छ । प्राप्त उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो साढे २ बजे हुनेछ ।

    भोलि शुक्रबार निर्वाचन हुनेछ ।

    सभामुखमा यसअघि नै रास्वपामा डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । अब उपसभामुख हुन्छन् भन्ने विषय पनि कुन दलबाट रास्वपामै निर्भर रहन्छ ।

    संविधानत: सभामुख र उपसभामुख फरक–फरक दल र फरक–फरक लिंगको हुनुपर्छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।

    ‘निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ’ संविधानको धारा ९१ को उपधारा २ मा भनिएको छ ।

    सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्वाचित भइसकेका छन् । उनी पुरुष हुन् । अब महिला र फरक दलबाट उपसभामुख हुनुपर्छ ।

    प्रतिनिधिसभामा रास्वपा सहित ६ दल छन् ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन् ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार