Namaste Lumbini

मंगलवार, मंसिर ८ २०८३Nov 24 2026

प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने

प्रतिनिधिसभाको सभामुखको निर्वाचन चैत २२ गते हुने


  • 1.0K
    SHARES

  • प्रतिनिधिसभाको सभामुखको निर्वाचन  चैत २२ गते हुने

    काठमाडौं ,

    प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

     सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने ६ दलको सर्वदलीय बैठकले सभामुखको निर्वाचन प्रक्रियाबारे सहमति गरेको हो ।

    संसद सचिवालयले चैत २० गते मनोनयन दर्ता गर्ने र २२ गतेनिर्वाचन गर्ने कार्यसूची पेश गरेको थियो ।

    दलहरुले यो कार्यसूचीलाई समर्थन गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

    सभामुख निर्वाचित भएपछि सोही दिन पदबहाली गर्नेछन् ।

    सर्वदलीय बैठकले संसद अधिवेशनको पहिलो दिनको कार्यसूचीपनि पारित गरेको छ ।

    भोलि सुरु हुने संसद अधिवेशनको पहिलो बैठकमा शुभकामना दिने, सभामुख निर्वाचनको कार्यतालिका पेश गर्ने र अघिल्लो सरकारले गरेका अध्यादेश प्रस्तुत गर्ने छ ।

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार