Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

निर्वाचनपछिको पहिलो संसद अधिवेशन भोलिदेखि सुरु हुँदै

निर्वाचनपछिको पहिलो संसद अधिवेशन भोलिदेखि सुरु हुँदै


  • 517
    SHARES

  • निर्वाचनपछिको पहिलो संसद अधिवेशन भोलिदेखि सुरु हुँदै

    काठमाडौं ,

     प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलिदेखि सुरु हुँदैछ।

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ः०० बजेका लागि आह्वान गरेका छन्।

    प्रतिनिधिसभाको उक्त अधिवेशन सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय कक्षमा र राष्ट्रियसभाको बैठक सङ्घीय सचिवालयस्थित पूरानो भवनमा बस्नेछ। यो राष्ट्रियसभाको २०औँ अधिवेशन हो।

    विसं २०६४ मा ६०१ सदस्यीय संविधानसभा गठन भएपछि नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको प्रतिनिधिसभाको अधिवेशन १८ वर्षपछि सिंहदरबारस्थित संसद भवनमा बस्न लागेको हो।

    विसं २०१५ मा सम्पन्न पहिलो आमनिर्वाचनपछिका संसद अधिवेशन सिंहदरबारस्थित पूरानो संसद भवन (ग्यालरी बैठक)मा बस्दै आएको थियो।

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार