Namaste Lumbini

बुधवार, मंसिर ९ २०८३Nov 25 2026

एमालेले अध्यक्ष ओली र कांग्रेस नेता  लेखकको गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

एमालेले अध्यक्ष ओली र कांग्रेस नेता  लेखकको गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय


  • 517
    SHARES

  • एमालेले अध्यक्ष ओली र कांग्रेस नेता  लेखकको गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

    काठमाडौं ,

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भनेको छ । त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।

    आज बिहान उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको आकस्मिक सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    बैठकका निर्णय सुनाउँदै एमाले महासचिव शंकर पोखरेलले ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रह भएको बताए ।

    उनले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ ।’आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग समेत गरेको छ। 

     

    नमस्ते लुम्बिनी

    सम्बन्धित समाचार